नयाँ शैक्षिक सत्रका लागि सुदूरपश्चिममा किताब वितरण सुरु

मंगलबार, चैत १३, २०८०

काठमाडौँ - सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरु गरिएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मंगलबारदेखि किताबको वितरण सुरु गरेको हो ।


हिमाली जिल्ला बाजुराबाट पुस्तकको वितरण थालिएको केन्द्रmले जानकारी दिएको छ । केन्द्रका अनुसार कार्यतालिका बनाएर केन्द्रमा सूचीकृत भएका व्यवसायीमार्फत सम्बन्धित जिल्लामा पुस्तक बिक्री, वितरण गरिने छ ।

प्रदेशका ९ जिल्लामा १९ लाख १५ हजार १८५ थान पुस्तक बिक्री, वितरण गर्ने लक्ष्य राखिएको कुँवरले बताए । जसमा सबैभन्दा धेरै कैलालीमा ६ लाख १४ हजार थान पुस्तक वितरण गरिने छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्