Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्युटी बन्ने घरेलु टिप्स, यसरी बन्नुस् सुन्दर  

सोमबार, चैत १२, २०८०

राम्रो देखिन कस्लाई मन लाग्दैन र? अझ अधिकांश महिलालाई त हरेक पल सुन्दर देखिने सपना हुन्छ। सुन्दर देखिनका लागि महिलाहरू हजारौं रुपैयाँ क्रिम पाउडरमा खर्च गर्न पनि हिचकिचाउँदैनन्। 

तर हजारौं पर्ने क्रिम पाउडरभन्दा घरमा नै उपलब्ध हुने घरेलु चिजले अनुहारको सुन्दरतामा निखार ल्याउने कुरामा धेरै जानकार नहुन सक्छन्। वा जानकार बनेर पनि कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी नहुँदा केमिकलयुक्त कस्मेटिकको प्रयोग गर्न बाध्य हुन्छन्। 

हामी बजारको विज्ञापनमा आकर्षित हुदै गर्दा यसले हामीलाई नकारात्मक असर गर्दछ भन्ने कुरामा अन्जान हुन खोजिरहेका हुन्छौं । व्यस्त जीवनमा अनुहारलाई ध्यान दिने समय हुदैन हामीसँग बजारको जुनसुकै ब्युटी प्रोडक्टहरु लगाउदा समस्या निम्तन सक्छ भन्ने कुरामा भने सचेत हुनुपर्दछ । 

हाम्रो किचनमा दैनिक प्रयोग हुने यस्ता चिजहरु छन जसको प्रयोगले अनुहारमा निखारता ल्याउनमा मदत गर्दछ । सबै भन्दा महत्वपुर्ण कुरा त यसको प्रयोगले नकारात्मक असर हुने संभावना ज्यादै कम हुन्छ । हामी घरायसी सामग्रीको प्रयोगबाट गोरोपन निखारता र सफाइ पाउन सकिन्छ ।  

गर्मी मौसमा धेरै मानिसको छालामा रुखोपना देखिन्छ । यस्तो अवस्थामा बदामको तेल प्रयाग गर्नु राम्रो हुन्छ । रातमा सुत्नु भन्दा पहिले बदामको तेल लगाएर सुत्ने गर्नाले बदामको तेलबाट दाग धब्बा हटाउन मदत गर्दछ र छालालाई नरम बनाउदछ । 
गर्मी महिनामा ओठमा समस्या देखिने हुदा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसको लागि कागतिको रस, ग्लिसरिन र गुलाब जल मिसाएर मिश्रण तयार गर्ने हरेक बेलुका सुत्नेबेलामा मिश्रण लगाउने गर्नाले ओठ नरम  र गुलाबी हुन्छ । 

आँखाको मुनी आएको छ भने यो कालो धेरोलाई हटाउनको लागि काक्रो सबैभन्दा भन्दा राम्रो मानिन्छ । काक्रोलाई पातलो टुक्रा पारेर आँखामा राख्ने यसले आाखालाई ठण्डा बनाउछ र कालो धेरा हटाउन मदत गर्दछ । ।   

कहिले काही छालाहरु मरेको हन सक्छ जसले अनुहारको चमकतामा कमी ल्याउछ । यस्तो अवस्थामा मह कागति र चिनीको मिश्रण बनाएर अनुहारमा लगाउनाले छाला सफा हुन्छ र नियमित प्रयोगले छालामा निखारता पनि आउछ । 
अनुहारको चमकता हराएको छ भने घरमा नै पाइने दुध र मह मिलाएर अनुहारमा लगाउने र सुकेपछि सफा गर्ने । यसरी हप्ताको दुई पटक यसको प्रयोग गर्नाले अनुहारमा चमकता आउछ ।

सुन्दर देखिन कुन चिजको प्रयोग कसरी गर्ने ?

-यदि अनुहारमा दाग धब्बा छ भने मेथिको पात पिसेर त्यसको रस अनुहारमा लगाइयो भने केही दिनमा नै अनुहार  सफा हुँदै जान्छ।  

-अनुहारमा निखार ल्याउनको लागि बेसनको पिठोमा बेसार र नरिवलको तेल एक आपसमा राम्रोसँग मिसाएर  अनुहारमा लगाउँदा चमत्कारिक निखार देख्न सकिन्छ।

-अनुहारमा रुखोपन छ भने बेसार मह र दूधको तर लगाउँदा अनुहारमा अर्कै चमक देखिन सुरु हुन्छ र अनुहार नरम  देखिन्छ। 

-अनुहारमा कुनै किसिमको संक्रमण नहोस् भन्नको लागि कागतीको प्रयोग एकदम लाभकारी हुन्छ। एक चम्चा मुलतानी माटोमा एक चम्चा गुलाब जल, आधा चम्चा मह र एक चम्चा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा   अनुहारको चमकमा निखार आउँछ र धाग धब्बा पनि गायब हुन्छ। 

-काँचो आलुलाई पिसेर अनुहार, हात खुट्टामा लगाउँदा चाउरीपना हट्दै जान्छ र आँखाको तल हुने कालो दाग पनि हराउँदै जान्छ। 

-ओठमा दिनहुँ तर लगाउनुहुन्छ भने जाडो महिनामा ओठ फुट्ने समस्या हटेर जान्छ। 

-खुट्टा फुटेका छ भने जैतुनको तेलले मालिस गर्‍यो भने केही दिनमा नै फुटेको सन्चो हुन्छ।

नियमित घरेलु उपाय अपनाउँदा यसले दीर्घकालीन कुनै हानि पनि नगर्ने र सुन्दरतामा पनि निखार आउने हुनाले यसको उपयोग गर्नु नै बुद्धिमानी मानिन्छ। 

 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्