रास्वपाको निर्णयः परिवारवादलाई निषेध, अनुचित सिफारिस गर्नेको साधारण सदस्यता खारेज गरिने

आइतबार, चैत ४, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रविलामिछानेसहित चार मन्त्री, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकालसहितको बैठकले आइतबार ५ वटा निर्णय गरेको छ। 

रास्वपा सदस्यको दबाब नमान्नेलगायतका निर्णय गर्दै सरकारमा रहेका मन्त्रीलाई सघाउका लागि विज्ञ समूह बनाउनेसम्मका निर्णय गरिएको हो। 

रास्वपाका अनुसार मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ। 

उक्त बैठकमा ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ। यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समेवसीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइनेछ’ भन्ने निर्णय गरिएको हो। 

यसैगरी, मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ भने मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ। 

रास्वपा नेताका अनुसार सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्