नेपाली फुटबलर सावित्रा भण्डारी युरोपियन क्लबको आजको खेलमा पहिलो रोजाइमा

शनिबार, चैत ३, २०८०

नेपाली फुटबलर सावित्रा भण्डारी युरोपियन क्लबको आजको खेलमा पहिलो रोजाइमा परेकी छिन् । फ्रान्सको प्रसिद्ध ए डिभिजन महिला टिम एन एभान्त गुइनग्याम्पमा अनुबन्धित भएकी भण्डारी यस अगाडि दोस्रो रोजाइकारूपमा सब्सिच्युट खेलाडि भएर मैदान प्रवेश गर्थिन् । 

playing-11-samba-1710595692.jpeg

मार्च २ मा लिले ओएससीसँग भएको खेलमा सावित्रा भण्डारी खेलको ८६ औँ मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । थपिएको समयको ९१ ‍औँ मिनेटमा गोल गर्दै उनले आफ्नो क्लब गुइनग्याम्पलाई दुई शुन्यको सहज जीत दिलाएकी थिइन् । 

sabitra-bhandari-1710595521.jpeg

सोही खेलबाट प्रभावित भएर आजको खेलमा सावित्रालाई पहिलो ११ को रोजाइमा मैदान प्रवेश गराएको हो । 

आजको खेलमा सावित्राको क्लब एन एभान्त गुइनग्याम्पले पेरिस एफसीसँग प्रतिष्पर्धा गर्दैछ । १६ खेल खेलेको पेरिस एफसी अंक तालिकामा ३५ अंकसहित तेस्रो स्थानमा छ भने सावित्राको क्लब १७ खेल खेल्दै १६ अंकसहित तालिकाको आठौँ स्थानमा छ । 

sabitra-bhandari-celebration-1710595555.jpeg

एन एभान्त गुइनग्याम्पले पेरिस एफसीसँग खेलेको पछिल्ला ३ कुनै पनि खेलमा जीत निकाल्न सकेको छैन । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्