रौतहट प्रहरीको सफलताः यी हुन् मनी ट्रान्सफर सञ्चालकलाई गोली हान्ने लुटेरा समूह सदस्य

शुक्रबार, चैत २, २०८०

गौर– रौतहटको पहोरा नगरपालिका–९ खापाचोकमा रहेको शिव मनी ट्रान्सफरबाट रकम लुटेर कर्मचारीमाथि गोली हान्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। 

शुक्रबार कर्मचारी नितेश साहलाई गोली हानेर भाग्ने क्रममा लुटेरा समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

बिहार मोतिहारीका मुनिफ कुमार यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन्।

पक्राउ गरिएका लुटेरा समूहको साथबाट हतियार र प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले जफत गरेको छ। उनीहरूमाथि थप अनुसन्धान जारी रहेको गिरीले क्यानडानेपाललाई बताइन्। 

सो समूहको गोलीबाट घाइते भएका साहको भने वीरगञ्जमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्