Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री, बनमा प्रदीप 

बिहीबार, फागुन २४, २०८०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अहिलेको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीको भूमिकामा जाने भएका छन्। 

जसपाको कार्यकारीणी समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। बन मन्त्रालयमा प्रदीप यादवलाई लैजाने तयारी भएको छ भने एक राज्यमन्त्री पनि छान्ने जिम्मा यादवलाई दिइएको छ। 

यसअघि यो सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय हुन सकेको थिएन।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्