शालिन मृत्यु प्रकरण

मृत फेला परेकी सालिन पोखरेलको आर्यघाटमा अन्त्येष्टि

मंगलबार, फागुन २२, २०८०

काठमाडौँ– चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका सालिन पोखरेलको अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । 

अन्त्येष्टिमा सहभागीहरुले सालिन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए । उनीहरुले सालिन मृत्यु प्रकरणको निष्पक्ष छानविन हुनुपर्नेमा माग गरेका छन् । 

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् । पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ । तर उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन् । 

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्