शालिन मृत्यु प्रकरण

शालिन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनालाई थप ४ दिन थुनामा राख्न अनुमति

सोमबार, फागुन २१, २०८०

काठमाडौँ– शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज  जिल्ला अदालत चितवनले प्रिन्सिपलसहित ३ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पक्राउ गरिएका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्