शालिन मृत्यु प्रकरण

सुसाइड नोटमा ‘सरी एभ्रिबडी, सरी मम ड्याड’ लेखेकी शालिनको पोस्टमार्टम रिपोर्ट यस्तो छ

आइतबार, फागुन २०, २०८०

काठमाडौं– चितवनको रत्ननगरस्थित एक विद्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी १४ बर्षिया छात्रा शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई बुझाएको छ । शालिन 

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्टमा बलात्कार नभएको उल्लेख छ।

उनको ह्यागिङ अर्थात् झुन्डिएर नै मृत्यु भएको भनी उल्लेख छ।

पोखरेलको कन्याजाली नच्यातिएको भनी रिपोर्टमा उल्लेख छ। कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ गते होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्तलगायतले आशंका गरेका थिए। 

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी, डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरी रिपोर्ट तयार पारेका हुन्। 

पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आए पनि ठूलो नभएको रिपोर्टमा उल्लेख छ। घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर छानबिन गरिरहेको छ । 

रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल अनुसन्धानका क्रममा नै छन् । 

उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ। सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है।’ उनले ‘सरी एभ्रिबडी, सरी ममी ड्याड।’
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्