शालिन मृत्यु प्रकरण

शालिन मृत्यु प्रकरणबारे गम्भीर छानविन हुन्छ : प्रधानमन्त्री 

शनिबार, फागुन १९, २०८०

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले शालिन मृत्यु प्रकरणबारे गम्भीर छानविन हुने बताएका छन् ।

चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा मृत फेला परेकी  १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युबारे गम्भीर छानविन हुने सामाजिक सञ्जालमार्फत् आज बताएका हुन् ।

उनले  घटनाको गम्भीर छानविन गरी पीडितलाई न्याय दिलाउन दृढ रहेको बताएका छन् ।

‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ,’ दाहालले भनेका छन्, ‘घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ ।’

yekata_news_salin-mirtu-prakaran-1709384690.jpg

गत शनिबार १० बजेतिर रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बसेर ८ कक्षा पढ्दै आएकी १४ वर्षीया सालिन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला परेको खबर जिल्ला प्रहरी कार्यालयले पाएको थियो ।

सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको भन्ने परिवारको दाबीपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्