शालिन मृत्यु प्रकरण

शालिन मृत्यु प्रकरण : गहन अनुसन्धान गर्न कांग्रेसको माग

शनिबार, फागुन १९, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले शालीन मृत्यु प्रकरणबारे निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

केही दिनअघि चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

कांग्रेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ ।

यो दुखद क्षणमा बालिका शालीन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्