शालिन मृत्यु प्रकरण

शालिन मृत्यु प्रकरणले बेचैन बनाएकाे छ : अध्यक्ष ओली

शनिबार, फागुन १९, २०८०

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा शालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । साथै घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने भएकाले सबैले अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले आग्रह समेत गरेका छन् ।

“चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ ।” उनले भने ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्