केपी ओली कप फुटबल

केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै

शनिबार, फागुन १९, २०८०

काठमाडौं - जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुदैँछ ।दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुदैँछ ।


विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्