नेभिगेशन
खेलकुद

एटलेटिकोमाथि पिएसजीको शानदार जित

काठमाडौँ । जारी फिफा क्लब विश्वकप अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद