मौसम पूर्वानुमान

‘पानी पर्ने सम्भावना छैन, तापक्रम बढ्दैछ’ 

बिहीबार, फागुन १७, २०८०

काठमाडौँ– बिहीबार राति कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली भई बाँकी प्रदेशको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार गण्डकी र कोशी प्रदेशको मौसम आंशिक बदली रहे पनि पानी पर्ने कुनै सम्भावना छैन । 

‘भोलि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुनेछ । अन्य भू–भागको मौसम सामान्यतया सफा रहने छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव घट्दै गएकाले तत्काल पानी पर्ने सम्भावना छैन्’, मौसमविद् प्रधानाङ्गले भने । अब बिस्तारै तापक्रम पनि बढ्दै जाने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्