सगरमाथा अस्पतालबाट पक्राउ परेका ३ नक्कली डाक्टर सार्वजनिक

सोमबार, फागुन १४, २०८०

रौतहट– रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित सगरमाथा तराई हस्पिटल प्रा.लि.मा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम  र यमुनामाई गा.पा वडा नं.२ भेडियाहीटोल बस्ने २७ को कलाम रहेका छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी अनुसार उनीहरुलाइ गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको हो ।

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र इलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युट्रेस लगायतका अपरेसन हुदै आएको सुचनाको आधारमा अनुगमन टोपलले ती नक्कली डाक्टर पक्राउ गरेको हो ।

उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण पत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको रौतहटका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार