द्वन्द्वकालमा राखेको एम्बुस विस्फोट हुँदा कैलालीमा चारजना घाइते

बिहीबार, फागुन १०, २०८०

धनगढी- कैलालीको भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भासु भिरमा एम्बुस विस्फोट हुँदा चार जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका-३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझतिर द्धन्दकालीन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) बिष्फोट हुँदा चार जना घाइते भएका हुन् ।

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

घाइते चार जनामध्ये जेसिबी चालक डडेल्धुराको आलिताल गाँउपालिका-८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ ।यस्तै नबिन देबको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छब।

बिष्फोटपछि घट्नास्थल प्रहरीले सिज गरेको छ । सवारी साधन आवतजावतमा रोक लगाएको छ । बिष्फोट भएको विद्युतीय धराप पनि द्धन्दकालकै भएको आशका गरिएको छ । घटनालगत्तै नेपाली सेनाको बम डिष्पोजल टोली घटनास्थलमा पुगेको थियो ।

द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाई भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्