‘प्रत्येक दिन एउटा सूर्यजति वस्तु निल्ने' सबैभन्दा चम्किलो ब्ल्याक होल

बुधबार, फागुन ९, २०८०

जोनाथन एमस (च्यभि, विज्ञान संवाददाता)–

वैज्ञानिकहरुले अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा चहकिलो  र सुन्दर वस्तु अन्तरिक्षमा पत्ता लागेको बताएका छन् ।

त्यो ‘क्वेजार' एउटा विशाल ब्ल्याक होलबाट ऊर्जा प्राप्त गर्ने आकाशगङ्गाको मध्यभाग हो । उक्त ब्ल्याक होलको पिण्डमान हाम्रो स'र्यको भन्दा १५ अर्ब गुना बढी छ ।

उक्त क्वेजारलाई वैज्ञानिकहर'  जे०५२९-४३५१ (J0529-4351) नामकरण गरेका छन्।

चिलेस्थित‘भेरी लार्ज टेलिस्कोपे' (भीएलटी) बाट गरिएका अवलोकनबाट उक्त खगोलीय वस्तु कति शक्तिशाली छ भन्ने पुष्टि भएको हो ।

वैज्ञानिक जर्नल ‘नेचर अस्ट्रोनमी'मा प्रकाशित एउटा सामग्रीमा वैज्ञानिकहर'ले उक्त ब्ल्याक होल 'निकै खन्चुवा' भएको र त्यसले प्रत्येक दिन एउटा सूर्यको जति पिण्डमान निल्ने जानकारी दिएका छन् ।

जे०५२९-४३५१ धेरै वर्षअघि तथ्याङ्कमा उल्लेख भएको थियो । तर त्यसको वास्तविक स्वभाव बल्ल अहिले पत्ता लागेको हो ।

'हामीले एउटा यस्तो वस्तु पत्ता लगाएका छौँ जसबारे पहिला वास्तविक कुरा थाहा थिएन। वर्षौँदेखि त्यो हाम्रा आँखा अगाडि थियो किनभने त्यो सम्भवतः मानवजाति अस्तित्वमा आउनुअघिदेखि नै तेजिलो भएर चम्किरहेको छ,' अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका क्रिस्टियन वुल्फले बीबीसी न्यूजसँग भने । 'तर अहिले हामीले यसलाई चिनेका छौँ, हाम्रो आकाशगङ्गामा अगाडि नै देखिने तारा भएकाले हैन बरु सुद'रवर्ती वस्तुका रुपमा ।'

Black-hole_ESO2-1708525454.pngक्वेजार J0529-4351 बाट आएको प्रकाशको अध्ययन गरेर वैज्ञानिकहरूले त्यसको चहकिलोपन र दूरी पनि गणना गरेका छन् । तस्बिर  : इएसओ

खगोलशास्त्रीहर' एक प्रकारको एक्टिभ गल्याक्टिक न्य'क्लिअस (एजीएन) लाई क्वेजार भन्छन् ।

क्वेजार तारापुञ्जको निकै ऊर्जावान् मध्यभाग हो र पदार्थहरुलाई तीव्र गतिमा आफ'तिर तान्ने एउटा निकै ठूलो ब्ल्याक होलले यसलाई ऊर्जा प्रदान गर्छ ।

ब्ल्याक होलले तानेको पदार्थ तीव्र गतिमा त्यसवरिपरि पुग्दा टुक्रिन्छ र ठूलो परिमाणमा प्रकाश निस्किन्छ । प्रकाश यति धेरै हुन्छ कि जे०५२९(४३५१ जस्तो टाढा रहेको वस्तु पनि पृथ्वीबाट देखिन्छ।

यो क्वेजारबाट १२ अर्ब वर्षअघि उत्पन्न प्रकाश भीएलटीस्थित डिटेक्टरहर'ले पत्ता लगाएका हुन् । यो खगोलीय वस्तुसँग सम्बन्धित सबै कुरा अद्भुत छन् ।

Black-hole_ESO3-1708525454.jpgचिलेस्थित भेरी लार्ज टेलिस्कोप (भीएलटी)मा रहेको शक्तिशाली दुरबिनहरू । तस्बिर : इएसओ

वैज्ञानिकहर'का अनुसार यसबाट उत्सर्जन हुने ऊर्जाका कारण यो क्वेजार स'र्यभन्दा ५,००० खर्ब गुना उज्यालो छ । त्यो प्रकाश सात प्रकाशवर्ष लामो व्यास भएको एउटा तातो संवृद्ध चक्राकार स्थान ९एक्रिशन डिस्क० बाट निस्किन्छ। त्यो भनेको स'र्यबाट वरुण ग्रहको कक्षको द'रीको झन्डै १५,००० गुना हो।

ब्रह्माण्डको रहस्य

सबै तारापुञ्जमा तिनको मध्यभागमा एउटा विशालकाय वस्तु भएको पाइन्छ । त्यसको अर्थ सम्भवतः त्यस्ता वस्तुहर' ती तारापुञ्जको विकासका लागि म'लभ'त तत्त्व हुन् ।

'साधारण भाषामा भन्नुपर्दा ती ब्ल्याक होलबिना हाम्रो आकाशगङ्गा आज हामीले जानेको स्वर'पमा हुँदैनथ्यो । वास्तवमा आफ्ना अतिविशालकाय ब्ल्याक होलबिना सबै तारापुञ्ज नितान्त भिन्न थिए। वास्तवमा सबै तारापुञ्जहर' यी अतिविशालकाय ब्ल्याक होलवरिपरि बनेको हुने सम्भावना पनि छ,' एएनय'मा विद्यावारिधि गर्दै गरेका साम्युअल लाईले बीबीसी न्य'जसँग भने । उनी भर्खरै प्रकाशित शोधपत्रका सहलेखक हुन्।

केही ब्ल्याक होलहर' ब्रह्माण्डमा त्यति चाँडै त्यति ठ'ला भए होलान् भन्ने प्रश्न उठ्छ ।

उक्त प्रश्नले वैज्ञानिकहर'लाई महा विस्फोट‘बिगब्याङु पछि ताराहर'को उत्पत्ति हुनुअघि नै ग्यासबाट ब्ल्याक होल बनेको हुन सक्ने सम्भावनाबारे विचार गर्न लगाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्