Nic Ad Nic Ad
Nic Ad Nic Ad

संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

बुधबार, फागुन ९, २०८०

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो ।

राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खमरणजी, हिन्दुराज्य पुनःस्थापन लगायतका राजनीतिब माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् ।

राप्रपाले सरकारलाइ आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्