Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ : मुख्यमन्त्री कार्की

सोमबार, फागुन ७, २०८०

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज आयोजित ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उनले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरे । 

मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिए । उनले संघीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको विचार व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरिब छात्रछात्राका लागि निःशुल्क छात्रवृत्तिको कार्यक्रम सुरु गरेको जानकारी दिए ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रजातन्त्रलाई दिगो एवं सफल बनाउन दल तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । –रासस

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्