Nic Ad Nic Ad
Nic Ad Nic Ad

केशु विरहीको ‘तेह्रथुमको साहित्यिक इतिहास’ लोकार्पण 

आइतबार, फागुन ६, २०८०

काठमाडौँ– पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण भएको छ । 

एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण गरिएकोे हो ।

लोकार्पण कार्यक्रममा सभापतिमा सस्थाका अध्यक्ष विश्वमोहन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गरुङ रहेकी थिइन । 

लोकार्पणपछि कार्यक्रममा बोल्दै मन्त्री गुरुङले साहित्यिक कृति लेख्न जति गार्हो छ त्यो भन्दा धेरै गाह्रो विषय अनुसन्धानात्मक कृति निकाल्न रहेको बताइन् । सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने उनको भनाई थियो । 

केशु विरहीको यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयोग रहने भन्दै  यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने मन्त्री गुरुङले बताइन् ।

त्यसैगरी कार्यक्रममा प्राडा.खगेन्द्रप्रसाद लुइटेलले कृतिमा तेह्रथुमको साहित्यिक इतिहासको समेटिएको बताए । उनले इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने भन्दै छुटेका इतिहासलाई थप्दै जानूपर्ने बताए । प्राडा. लुइटेलले कृतिमा देखिएका कमीकमजोरीलाई औँल्याइदिन समेत आग्रह गरे । 

त्यस्तै, कार्यक्रममा नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुफले लेखकले यस कृतिले तेह्रथुमको साहित्यको मात्र नभएर त्यहाँ बस्ने मानिसको चित्र उतारेको बताइन् । लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिलाई एउटन क्याटलकका रूपमा काम गरेको बताए । पाठकले आफूलाई के मनपर्छ त्यहि यस पुस्तको छानेर पढ्न पाउने उनले बताए । 

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले कृतिको नामले नै धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरी नभएको बताए । 

त्स्तै, लेखक केशु विरहीले भने आफूले यो कृति लेख्नकै डेढ वर्षको पूरै समय खर्चेको बताउदै थालेको काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारसमेत रहेका विरहीले प्रिबुकिङ मार्फत सहयोग गर्नेप्रति आभार व्यक्त गरे । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्