नेपाल क्रिकेट : ए टिम

नेपाल 'ए टिम'मा १६ खेलाडी घोषणा, कप्तानमा विनोद भण्डारी 

बुधबार, फागुन २, २०८०

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको ए टिमका लागि सम्भावित १६ खेलाडीको घोषणा गरेको छ । 

यसअघि सम्भावित ३६ खेलाडीको नामसहित टिम घोषणा गरेको क्यानले आज ए टिमका लागि सम्भावित १६ खेलाडीको घोषणा गरेको हो ।

क्यानले  ए टिमका लागि विनोद भण्डारीलाई कप्तान र पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ ।  ए टिममा प्रधानमन्त्री यू–१९ वर्ष मूनीको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ ।  

१६ सदस्यीय टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन् । यस्तै प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा अटाएकाछन् । 

Nepal-team-A-cricket-1707920409.jpg

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्