राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षक भन्छन्

‘विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा ल्याउछौँ’ 

बुधबार, फागुन २, २०८०

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षकले विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने विश्वास गरेका छन् । 

प्रतियोगीता अघि बुधबार काठमाडौँमा आयोजित प्रिम्याचमा उनीहरुले लिग–२ को तयारी राम्रो भएको र नतिजा पनि राम्रो आउने बताएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टीमले राम्रो तयारी गरेको बताए । उनले क्यानडासंगको खेलले पनि खेलाडीहरुलाई थप अभ्यास मिलेको जनाए ।

त्यस्तै, मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए । उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्ने जिकिर गरे ।

त्यस्तै, नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरु उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन् । आईसीसी विश्वकप लिग–२ क्रिकेट बिहीबारबाट सुरु हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्