‘मुलुकको बेतिथी अन्य गर्न राजसंस्था आवश्यक’ 

मंगलबार, फागुन १, २०८०

काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । 

मेचीको काँकडभिट्टाबाट सुरु गरेको अभियानले प्रथम वार्षिकोत्सवरुपमा शक्ति प्रदर्शन गरेको हो । 

सो क्रममा प्रसाईँले मिटरव्याज, सहकारी लगाएतका क्षेत्रमा नागरिकले पाएको दुःखलाई अभियानले उजागर गरेको बताए । उनले मुलुकमा देखिएको बेतिथी अन्य गर्न राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको बताए । उनले देशमा जनताका लािग केहि गर्ने सरकार आवश्यक रहेको धारणा रखे ।

त्यसअघि काठमाडौँको बिभिन्न स्थानबाट निकालिएको र्याली भृकुटिमण्डप पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार