Nic Ad Nic Ad
Nic Ad Nic Ad
नक्कली नेपाली नोट बरामद

झण्डै २ करोड नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

सोमबार, माघ २९, २०८०

इनरुवा– ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । 

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज सवारी चेकजाँचको क्रममा बीआर ११ एक्स ३४२९  स्कोरपियोबाट एक हजारका १८ हजार २५१ थानको कुल एक करोड ८२ लाख ५१ हजार रुपैयाँका नक्कली नेपाली नोटसहित छोटु भन्ने महम्मद शैयाद साफीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।  

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिए । 

पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा १० वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्