Nic Ad Nic Ad
Nic Ad Nic Ad

आकाशले लिए क्यानडाको दोस्रो विकेट

सोमबार, माघ २९, २०८०

काठमाडौं - त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय सिरिज अन्तरगत नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालका लागि आकाश चन्दले १४ औँ ओभरको अन्तिम बलमा श्रीमान्था विजयरथेलाई क्याच आउट गराए। 

यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको क्यानडाले १५ औँ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्