पाकिस्तान निर्वाचन : इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

बिहीबार, माघ २५, २०८०

काठमाडाैं - जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् ।

पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन ।

पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।
हुलाक मार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन ।

तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परेपछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्