नापी कार्यालय कलंकीका सर्भेक्षकसहित २ जना घुस रकमसहित पक्राउ

बुधबार, माघ २४, २०८०

काठमाडौँ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौँमा कार्यरत सर्भेक्षक र लेखापढी कर्मचारीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा नापी कार्यालय कलंकी कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेललाई आज पक्राउ गरेको हो ।

आयोगले प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगको टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस–रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय, कलंकीबाट आजै नियन्त्रणमा लिइएका हो ।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्