Nic Ad Nic Ad
Nic Ad Nic Ad
मनमोहन मेमोरियल क्रिकेट

मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट माघ २८ देखि सुरु हुने

बुधबार, माघ २४, २०८०

काठमाडौँ– मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि पोखरामा आयोजना हुने भएको छ । 

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगिता माघ २८ देखि फाल्गुन ७ गतेसम्म पोखरामा हुने जानकारी दिएको हो । 

प्रतियोगीतामा सातवटा प्रदेशबाट १–१ टिम र आयोजक मनमोहन मेमोरियलको १ गरि ८ वटा टिम रहने आयोजकले जनाएको छ । २५ ओभरका १५ खेलहरुमध्ये १२ वटा लिग, २ सेमिफाइनल र एक फाइनल खेल हुने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।

प्रतियोगीताको समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ मा मधेश, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेको छ । उद्घाटन खेलमा गण्डकी र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुने अध्यक्ष गैरेले जानकारी दिए । उनले अव प्रतियोगीतालाई खेलाडीको बिकासका लागि आगामी दिनमा प्रतियोगीता निरन्तर रुपमा बिभिन्न प्रदेशमा आयोजना गरिने बताए ।

प्रतियोगिताको विजेताले एक लाख, ट्रफी, खेल सामाग्री र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।  खेलाडी छनोटका लागि सेन्टरबाट प्रत्येक प्रादेशीक क्रिकेट संघलाई सहयोग स्वरुप रु ५० हजार उपलव्ध गराइएको पनि आयोजकले जनाएको छ  । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्