लागुऔषध कारोबारी पक्राउ

६ महिनामा तीन हजार ४५ लागुऔषध कारोबारी पक्राउ

सोमबार, माघ २२, २०८०

काठमाडौँ– बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ ।

यसैबीच, पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकबाट दुई सय ८५ केजी अवैध गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका–११ का बुद्धमान तामाङ, रामेछाप नगरपालिका–८ का २० वर्षीय सञ्जित तामाङ र ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको हो ।

आजै अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७६ ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार