एएफसी एसियन कप फुटबल

एसियन कप : जापानलाई हराउँदै इरान सेमिफाइनलमा 

शनिबार, माघ २०, २०८०

काठमाडौँ–  इरान एएफसी एसियन कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

कतारमा भएको क्वाटर फाइनल खेलमा जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै इरानले एसियन कपको सेमिफाइनल प्रवेश गरेको हो ।

खेलमा २८ औँ मिनेटमा हिदेमाशा मोरिताले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्तिमसम्म अग्रता जोगाउन नसक्दा जापान पराजित भयो । खेलमा इरानका लागि ५५ औँ मिनेटमा मोहम्मद मोहेबीले गोली गर्दै बराबरी गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको अन्त्यमा कप्तान अलिरेजा जहानबक्सले पेनाल्टीमार्फत् गोली गर्दै इरानलाई उपाधि दिलाए ।

अब इरानले आगामी बुधबार कतार र उज्वेकिस्तानमध्ये एकसँग खेल्नेछ । आजै हुने क्वाटरफाइनल खेलबाट कतार र उज्वेकिस्तान मध्ये एक सेमिफाइनल पुग्नेछ । यसअघि नै जोर्डन र दक्षिण कोरिया सेमिफाइनलमा पुगिसकेका छन् । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्