डीआईजीकाे राजीनामा

त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दले दिए राजीनामा

शनिबार, माघ २०, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्।

शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । 

व्यक्तिगत कारणले नै राजीनामा दिएको चन्दले बताए । राजीनामा दिनुको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ।

गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्