राष्ट्रिय सभा निर्वाचन

बागमतीमा सत्ता गठबन्धनका चारैजना विजयी

बिहीबार, माघ ११, २०८०

काठमाडौँ– राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । 

हेटौँडामा सम्पन्न मतगणना अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन् ।

विजयी महिला तर्फकी काँग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काँग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । विजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्गता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।

हेटौँडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । 

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरूले मतदान गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्