व्यापारी आन्दोलित

पार्किङमा रोक लगाउने निर्णयविरुद्ध आन्दोलनमा उत्रिए न्युरोडका व्यापारी

मंगलबार, माघ ९, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन् । 

यसैगरी नगर प्रहरीहरू खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्