आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार, माघ ९, २०८०

काठमाडौँ  - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ  ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । हिजो (सोमबार)को तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 सोमबार तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्