सहकारी ठगी काण्ड

कागजी प्रक्रिया जे भएपनि मैले रकम लिए–दिएको छैन : रवि लामिछाने

सोमबार, माघ ८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपाति रवि लामिछानेले आफूले गोर्खा मिडिया नेटवर्कको गुडविल शेयर लिएको बताएका छन् । कागजी प्रक्रियामा जे भएपनि आफूले कुनै पैसा नदिएको र नलिएको उनले बताए ।

आफ्नो खातामा एक करोड ८० लाख नआएको उनले बताए । खातामा उक्त रकम आएको रहेछ भने जुनसुकै सजाय भोग्न तयार रहेको पनि उनले बताए । आफूमाथि कसैले किर्ते गरेको हुनसक्ने पनि उनले आशंका व्यक्त गरे ।

साथै, अघिल्लो प्रेसमिटमा आफूले अलिबढि व्यक्तिगत रुपमा बोलेको भन्दै उनले माफीसमेत मागे । उनले आफू लामो इतिहास भएको कान्तिपुरको बदनाम गर्न नआएको बताए ।

डिपोजिट स्लीप देखिनु भनेको कारोबार भएकै हो भन्ने नरहेको उनले बताए । आफ्नो नाम जोडिएर बाहिर समाचार आएको सहकारीसँग कुनै संलग्नता नरहेको र ती सहकारीमा खातासमेत नरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्