इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

आइतबार, माघ ७, २०८०

काठमाडौँ– सिभिल सहकारीका सञ्चालक तथा संविधान सभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीले तामाङमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको बताए ।

तामाङविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्