सहकारी ठगी प्रकरण

सभापति लामिछानेविरुद्ध विभागमा नेवि संघको अर्को उजुरी [उजुरीसहित]

बिहीबार, माघ ४, २०८०

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गराएको छ। 

ठूला सहकारीमा भएको घोटाला छानबिनका लागि नेवि संघले माग गरेको छ । केन्द्रीय सदस्य आदर्श मल्लको नेतृत्वमा नेवि संघका विद्यार्थीको एउटा टोली सहकारी विभाग पुगेको थियो । 

‘सांसद तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा सुप्रिम, सूर्यदर्शन, साहारा चितवन र बुटवलको सुप्रिम सहकारीको पैसा आफू संलग्न रहेको गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको भन्ने समाचार आएका छन्’ नेवि संघको उजुरीमा भनिएको छ, ‘प्राप्त भएपश्चात उक्त सहकारीका बचतकर्तालाई बुझ्दा ठगिएको भन्ने जानकारी गराएको तथा सहकारीमा सोबारे सोध्दा अपुष्ट जानकारी आएको हुँदा उक्त सहकारीहरूमार्फत् भएको ठगी प्रकरण सम्बन्धमा यथार्थ बाहिर ल्याउन र दोषी भाग्न नपाउन भनि हामी माग गर्दछौं ।

यसअघि युवराज सफलले बुधबार विभागमा जीबी राई र लामिछानेविरुद्ध सहकारी ठगीकै सन्दर्भमा उजुरी दर्ता गराएका थिए । 

यस्तो छ नेवि संघले दर्ता गरेको उजुरी 

ujuri-1705573553.jpg

ujuri-1-1705573553.jpg
 

प्रतिक्रिया दिनुहोस्