नीता गोसाई आत्महत्या प्रकरण

बक्सिङ खेलाडी नीतालाई आत्महत्या गर्न बाध्य बनाउने को हुन् ? एक महिनापछि थियो बिहे

बिहीबार, माघ ४, २०८०

काठमाडौं– फागुन २ गते बिहे तय भएकी एक महिला बक्सिङ खेलाडी आत्महत्या गरेको अवस्थामा फेला परेकी छन् ।

सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्ने नीता गोसाई पासो लागेको अवस्थामा मृत फेला परिन् । मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाईको शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ।

२७ बर्षीया गोसाईलाई आत्महत्या गर्न बाध्य पारिएको दाबीसहित परिवारका सदस्यले एक युवकविरुद्ध दुरुत्साहनको उजुरी दिएका छन्। ति युवकलाई प्रहरीले पक्राउ गरिसकेको बताइन्छ। 

सशस्त्र प्रहरीका तर्फबाट घरेलु प्रतियोगित खेल्दै आएकी गोसाईलाई ति युवकले याताना दिएको भन्ने उजुरीमा उल्लेख थियो। बिगतमा भएको सम्बन्धका कारण युवकले मानसिक यातना दिएको दाबी छ। प्रहरीले यस विषयमा अनुसन्धान जारी राखेको छ। 

नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

उनलाई मानसिक याताना दिने युवकका विषयमा भने अनुसन्धान जारी राखेका कारण पूरा विवरण खुलाउन नमिल्ने प्रहरी स्रोतले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्