केपी ओली कप : विदेशी टोलीसहित ‘ए’ डिभिजन क्लबले खेल्ने

बुधबार, माघ ३, २०८०

काठमाडौँ– दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फाल्गुन ११ गतेदेखि सुरु हुने भएको छ । 

आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो । 

प्रतियोगिताको फाइनलवाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेशी टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र  दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष थेबेले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ । 

त्यस्तै यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको बिकासका लागि चासो जगाउनका लागि प्रतियोगीता आयोजना गरिएको बताए । 

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्