गरिमा विकास बैंकद्वारा ‘गरिमा सरल एसएमई कर्जा’ सार्वजनिक

बुधबार, माघ ३, २०८०

काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरेको हो ।  

बैंकले आज एक विज्ञप्ति जारी गर्दै यो योजन अन्तर्गत व्यवसाय–उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने उल्लेख गरेको छ ।  

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आइरहेको छ  ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्