स्वाभिमान दिवस

मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

बुधबार, माघ ३, २०८०

काठमाडौँ - मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्य विवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्