त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

मंगलबार, माघ २, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट दिने सेवा अब अनलाइन प्रणालीबाट लागू हुने हुने भएको छ । मंगलबार माघ २ गते बसेको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आज बसेको समितिको बैठकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु द्वारा दिइने सेवाहरु ट्रान्सकृष्ट प्रोविजनल प्रमाणपत्र, पुनयोग, प्रतिलिपि, करेक्सन अनलाइन माध्यमबाट पैसा तिरेर जुनसुकै ठाउँबाट पनि त्रिभुवन विश्वविद्यालयबाट प्रदान हुने सेवा लिन सक्ने निर्णय गरेको हो ।

आगामी माघ १५ बाट नै उक्त प्रणाली लागू हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्राप्त हुने सेवा जुनसुकै ठाउँबाट पनि लिन सकिने प्रणालीको विकास हुनु सकरात्मक विषय हो ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्