नेभिगेशन
समाज विविध

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

शुक्रबार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई प्रतिपक्षी बनाउँदै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

आज मंगलबार उच्च अदालतका न्यायाधीशद्धय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले अन्सारीको रिट खारेज गरेको हो ।

यसअघि आइतबार दुर्गाप्रसाद ढुंगेलको इजलासमा अन्सारीको रिटको सुनवाइ गर्दै जवाफसहित उपस्थित हुन र वादी (अन्सारी)लाई पनि उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि आज मंगलबार सीआईबीले अन्सारीलाई समेत अदालतमा उपस्थित गराएको थियो । सुनुवाइ सकिएपछि अन्सारीको रिट खारेजको आदेश भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध