नेभिगेशन
समाज विविध

त्रिकोणात्मक अभ्यास खेलमा नेपाल स्कटल्यान्डलाई पराजित गर्दै २ विकेटले बिजयी, ब्याटिङमा कमजोरी

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले ४ चौका प्रहार गरे।

लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो ।

नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।

बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए ।

अब नेपालले सिरिजान्तर्गत आफ्नो तेस्रो खेल नेदरल्यान्डससँग बिहीवार खेल्नेछ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध