भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो

मंगलबार, माघ २, २०८०

काठमाडौं - चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ०९ जीसी १४३० को सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिशुली नदीमा खसेको छ । नदीमा खसेको सवारी मालवाहक हो वा यात्रुवाहक भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

सो सवारी साधन त्रिशुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ ।

जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल मुनि सवारी साधन देखिएको छ। घटनास्थलमा रहेको सशस्त्रको गोताखोरको टोलीले खोजीकार्य गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्