सर्वोच्च अदालतभित्रै न्यायाधीश पत्नीले गरिन् आत्मदाह प्रयत्न, प्रहरीले जोगायो

आइतबार, पुस २९, २०८०

काठमाडौं– पति तथा न्यायाधीश भुवन गिरीले बैवाहिक बलात्कार गरेको अभियोग लगाएकी आरती गिरीले आइतबार सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी छन्।

न्यायाधीश गिरी सर्वोच्च हातामा छिर्नासाथ सेतो टिसर्टमा बलात्कारीलाई कारबाही गरलगायतका नारा लेखेर छिरेकी आरतीले शरिरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी थिइन्। 

सर्वोच्च प्राङ्गणमा रहेको प्रहरीले उनको शरिरमा आगो लगाउन भने दिएन। उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा पतिमाथि जुत्ता प्रहार गरेकी थिइन्।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्