चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

शनिबार, पुस २८, २०८०

हेटौँडा- चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा प्रदेश नम्बर ३–०१०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो ।

चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीका अनुसार दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै मृत्यु भएको बताए ।

अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।

घटनाकाे थप विवरण आउन बाँकि छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्