भ्रष्टाचार ठहर

पूर्वडिआइजी शाह भ्रष्टचारी ठहर, ३ वर्ष कैद सजाय

बुधबार, पुस २५, २०८०

काठमाडौँ– नेपाल प्रहरीका पूर्वडिआइजी महेशबिक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद सजाय भएको छ।

 ‘छापामारको छोरो’ पुस्तकका लागि ०६३ मा मदन पुरस्कार विजेता समेत रहेका शाह प्रहरी जवानहरूको तलब–भत्तामा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका हुन् ।

तत्कालिन मध्यक्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत छँदा कार्यालय प्रमुख रहेका शाहले सइ दीपेन्द्रप्रसाद पनेरूसँग मिलेर दुई सय ४५ जवानको (प्रशिक्षार्थीसमेत) तलब–भत्तामा ३३ लाख ३८ हजार ८४ रुपैयाँ हिनामिना गरेको ठहर भएको हो । पनेरुलाई पनि तीन वर्ष कैद सजाय भएको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूले एक सय तीन जवानको ०७२ माघ र फागुनको तलब–भत्ताबाट ३१ लाख ८८ हजार ४६८ रुपैयाँ हिनामिना गरेका ठहर गरेको हो । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्