नेभिगेशन
सुरक्षा–अपराध

कुकुर प्रयोग गरेर ड्रग्सको कारोबार, मोरङमा रक्कीको बेल्टमा भेटियो ब्राउन सुगर

बिराटनगर– मोरङमा कुकुर प्रयोग गरेर लागुऔषध (ड्रग्स) ओसारपसारको काम भएको पत्ता लागेको छ।

बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो।

उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए। उनी विहीबार साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किएका थिए।

कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला परेको थियो। मोरङ प्रहरीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा  कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो।
Screenshot-2025-05-30-114005-1748584638.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध